इंग्ल्याण्ड भर्सेस भारत : विराटको फेरिएको अवस्था

विराट कोहली, क्रिकेटका रोनाल्डो : म्यान अन अ मिसन

विराट कोहली क्रिकेटका क्रिष्टियानो रोनाल्डो हुन् ।

उनको उत्कृष्ट क्षमताले मात्रै होइन, उनी एक मिसनमा भएका व्यक्ति हुन्–जो आफू र आफ्नो टिम दुवैलाई विश्वको उत्कृष्ट बनाउन चाहन्छन् ।

रोनाल्डो र विराट दुवैको महत्वकांक्षा वास्तविक लाग्छ उनीहरुको प्रतिबद्धता र लगावका कारण । उनीहरु निकै सहज इच्छाले निर्देशित छन्, उनीहरु टिमका ड्राइभिङ्ग फोर्स हुन् ।

उनीहरुमा जित्ने तीब्र चाह, त्यसका लागि निराश भन्दा पनि सकेसम्म आक्रमणक रुपमा प्रस्तुत हुन्छ। असफलता सायद सोचइमा पनि आउँदैन । हार व्यक्तिगत अपमान नै बन्छ उनीहरुका लागि ।

तर सन् २०१४ मा महेन्द्र सिंह धोनी कप्तान रहेका बेला भारतीय टोली इंग्ल्याण्ड भ्रमणमा गएको थियो । त्यो बेला टेस्ट र ट्वेन्टी–ट्वेन्टीमा भारत पराजित भयो । विराटको प्रदर्शन खासै राम्रो थिएन। उनल टेस्ट शृङ्खलामा औसतमा मात्रै १३ रन बनाए ।

त्यो अनुभव लिएका विराट अहिले भारतीय टिमका कप्तान छन् । उनी त्यो बेला पाँच टेस्टको शृङ्खलामा बेहोरेको ३–१ को हारको बदला लिन विराट आतुर देखिन्छन् । उनका लागि आफ्नो क्रिकेट ‘सिभी’ मा उत्कृष्ट लय थप्ने सुन्दर मौका हो ।

इंग्ल्याण्डसँग हुन लागेको शृङ्खला जितेमा भारती विश्व नम्बर एक टेस्ट टिम बन्ने छन् । यस्तै विराटका लागि पनि यो खेल महत्वपूर्ण छ व्यक्तिगत रुपमा ।

उनले बनाउने रनले अहिले सक्रिय रहेका खेलाडीले टेस्टमा बनाउने उच्च औसत रनको सूचिमा शीर्ष स्थानमा लैजान सक्नेछ । उनी अस्ट्रेलियाका स्टिभ स्मिथलाई पछि पार्दै विश्वको उत्कृष्ट ब्याट्सम्यान बन्न सक्नेछन् ।

कोहली जहिले पनि क्षमताले भरिपूर्ण ब्याट्सम्यान रहँदै आएका छन् । उनले किशोर वयको सुरु तिर सन् २००८ मा शतक प्रहार गरे । भारतलाई १९ वर्षमुनिको विश्वकप क्रिकेटको उपाधि दिलाए ।

मोटुदेखि मसल म्यान


तर लामो समय विराटलाई एक दिवसीय खेलाडीका रुपमा मात्रै हेरियो । उनले टेस्टमा सुरुमा त्यति राम्रो गर्न सकेनन् । उनले टेस्टका पहिलो २० पारीमा बनाएको औसत रन भनेको ३० वा त्यसको हाराहारीमा हो ।

तर सन् २०१२ को इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटमा भोगेको खराब अनुभवपछि कोहलीको महत्वपूर्ण समय आयो । उनीले त्यो बेला चाहिने जति फिट नरहेको बुझे ।

‘मेरो ट्रेनिङ्ग निकै खराब थियो’ विराटले भने, ‘मैले निकै खराब तरिकाले खान्थेँ, राति अबेरसम्म सुत्दिनथेँ, नियमित ड्रिङ्क्स लिने भएको थिएँ । एक दिने म नुहाएर आएको थिएँ र ऐनामा आफूलाई हेरेँ, त्यसपछि लाग्यो–यदी व्यवसायिक क्रकेटर बन्ने हो भन्ने यस्तो देखिएर हुँदैन ।’

विराटले आफ्नो त्यो बेलाको शारीरिक अवस्था बारे कुरा गर्दै भने, ‘म अहिले भन्दा ११ वा १२ किलो बढी मोटो थिएँ । म साँच्चिकै मोटो थिएँ । मैले दोस्रो दिनदेखि नै सबै परिर्वन गरेँ । के खानेदेखि कसरी ट्रेनिङ्ग गर्ने सम्मका कुरा निर्धारण गरेँ । हरेक दिन जिममा कम्तिमा डेढ घण्टा बिताउन थालेँ। निकै कडा मेहनत गरेँ । क्लोड ड्रिङ्क्स पिइनँ, गुलियो खाइनँ–निकै गाह्रो भयो ।’

एक दिवसीयमा उनको नतिजा राम्रो थियो, उनले खेलमा जितका लागि निर्णाक भूमिका खेल्थे, बलरलाई डोमिनेट गर्ने खालको ब्याटिङ्ग थियो ।

तर टेस्ट क्रिकेटका लागि पहिलो पटक इंग्ल्याण्ड भ्रमणमा आएका बेला सन् २०१४ मा उनको ब्याट त्यति चलेन ।

उनको ब्याट स्वीङ्ग नहुने एक दिवसीय क्रिकेटको सेतो बलामा चल्यो । स्वीङ्ग हुने टेस्टको रातो बलमा कम । तर उनको फुड वर्क प्रभावित पार्ने खालको थियो । सन् २०१४ को टेस्ट शृङ्खलमा विराटले मात्रै १३४ रन बनाउन सके ।

चमत्कारी कप्तान


सन् २०१४ को अन्त्यमा धोनीबाट टेस्ट कप्तानीको जिम्म कोहलीमा सर्‍यो । त्यसपछि कोही ‘म्यान अन अ मिसन’ बनेका छन् ।

त्यो बेला भारत टेस्ट बरियतामा बंगलादेश भन्दामाथि सातौँ स्थानमा थियो र उनी उत्कृष्ट ब्याट्सम्यानको सूचिमा १५ औँ स्थानमा ।

त्यसपछि उनले कडा मेहनत गरे । उनले आफूलाई सुधार गरे । अरु साथी खेलाडीका लागि असम्भव लाग्ने परिवर्तन उनले आफूमा ल्याएका छन्, कडा मेहनतले ।

उनको फिटनेश जहिले उत्कृष्ट रहँदै आएको छ । उनी उच्च स्तरको सफलताका लागि भोको देखिन्छन् । पछिल्लो दुई वर्षमा एक दिवसीयमा उनको औसत रन ९१ रहेको छ । त्यसमा उनले १० पटक त शतक प्रहार गरेका छन् ।

उनको गोडामा रहेको स्ट्रेन्थले उनी पिचमा निकै उत्कृष्ट देखिन्छन् र यसले उनको सटमा थप नियन्त्रण कायम भएको छ ।

उनले टेस्ट कप्तानको रुपमा अस्ट्रेलियासँग एडिलेडमा भएको खेलमा उनले हरेक पारीमा शतक प्रहार गरे । टेस्ट कप्तानको रुपमा जिम्मेवारी सम्हाले यता कोहलीको औसत रन ६५ भएको छ । उनले १४ पटक शतक प्रहार गरेका छन् । र भारतले एउटा मात्रै शृङ्खला गुमाएको छ ।

भारत र इंग्ल्याण्डबिच अगस्ट १ (साउन १६ गतेदेखि) टेस्ट शृङ्खला सुरु हुँदैछ । पाँच टेस्टको शृङ्खला भारतका लागि चार वर्षअघिको हारको बदला लिने मौका तथा इंग्ल्याण्डका लागि जितको यात्रा कायम राख्ने अवसर हुँदैछ ।

तर यसपटक इंग्ल्याण्डको बाटोमा अवरोध तथा भारतका लागि अघि बढ्ने माध्यमका रुपमा कोहली आउने देखिएको छ ।

(बिबिसीका लागि साइमन ह्युजको लेखको अनुवादित अंश, ह्युज क्रिकेट विश्लेषक हुन् ।)

साउन १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्