दाङमा पनि कांग्रेसको विरोध र्‍याली र प्रदर्शन

दाङ-दाङमा पनि नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ। घोराहीको ट्राफिक चोकबाट सुरुभएको विरोध र्‍याली बजारको परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको छ ।

सभामा नेपाली कांग्रेसका नेताहरुले सरकार स्वयच्छाचारी ढंगबाट अघि बढ्न खोजेको आरोप लगाएका छन् । उनीहरुले डा गोविन्द केसीसँग भएको सहमति पूर्णरुपमा पालना गर्न माग गरेका छन् ।

साउन १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्