हार्‍यो रियल मड्रिड, जोसेको टिमले जित्यो

युरोपियन च्याम्पियन रियल मड्रिड इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ ।

नयाँ सिजनको तयारी रहेका क्लबबिच अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत बुधबार बिहान भएको खेलमा जोसे मोरिन्होको टिमले रियल मड्रिडलाई २–१ ले हराएको हो ।

अमेरिकाको मायामीमा भएको खेलमा दुवै तर्फबाट पहिलो हाफमा नै गोल भएको हो । युनाइटेडका लागि एलेक्स सान्चेज र एण्डर हरेराले गोल गरे । यस्तै रियल मड्रिडका लागि कप्तान करिम बेन्जिमाले एक गोल फर्काए ।

१८ औँ मिनेटमा सान्चेजको गोलबाट युनाइटेडले अग्रता लियो । २७ औँ मिनेटमा हरेराले अग्रता दोब्बर पारे । जुलियन लोपेतेगीको टिम रियल मड्रिडका लागि पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले एक गोल फर्काए । लोपेतेगीको प्रशिक्षणमा पहिलो खेलमा नै रियल मड्रिड पराजित भएको हो ।

साउन १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्