स्वास्थ्य सेवा विभागमा स्तनपान कक्ष सञ्‍चालन

काठमाडौँ – स्वास्थ्य सेवा विभागले आफ्नो विभागमा स्तनपान कक्ष सञ्‍चालनमा ल्याएको छ ।

विश्व स्तनपान सप्ताह शुरु भएको अवसर पारेर बुधबार टेकुस्थित स्वास्थ्य सेवा विभागमा स्तनपान कक्षको शुभारम्भ गरिएको हो ।

विभागमा कार्यरत कर्मचारी र सेवाग्रहीको सजिलोका लागि स्तनपान कक्ष सञ्‍चालनमा ल्याएको विभागका महानिर्देशक डा. गुणराज लोहनीले जानकारी दिए ।

डा. लोहनीका अनुसार युरोपियन युनियन र युनिसेफको सहयोगमा चालु आर्थिक वर्षमा देशका विभिन्न ३० वटा स्थानमा स्तनपान कक्ष स्थापना गरिने छ ।

त्यस्तै देशका ३० ओटा अस्पताललाई मात्री तथा बालमैत्री अस्पतालको रुपमा विकास गर्न लागेको उनले बताए ।

एक सर्वेक्षण अनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत र शिशु जन्मेको १ घण्टा भित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत रहेको छ ।

नेपालको केही ठाँउमा अझै पनि स्तनपान गराउनु अघि १० नवजात शिशु मध्ये ३ जना नवजात शिशलाई घिउ, मह, चिनि चटाउने चलन रहेको पाइन्छ । तर यो प्रचलन ठिक नभएकोले स्तनपान नै पहिले गराउनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

साउन १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्