पोखरामा लागूऔषध सहित एक पक्राउ

पोखरा- पोखरा लेखनाथ महानगरपालिका वडा न १७ मा बुधबार एक जना लागु औषध सहित पक्राउ परेका छन्।

धादिङ बैरेनी ८ घर भइ हाल पोखरा महानगरपालिका ९ नयाँ बजार बस्ने वर्ष २३ को सुनील कारा खेती पक्राउ परेका हुन्।

उनको साथबाट डाइजेपाम २९६ पिस,फेनारगन २०१ पिस,नुरफिन २९५ पिस बरामद गरियको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए।

उनलाई पोखरा लेखनाथ महानगरपालिका १७ बिरौटा नहरबाट प्रहरी टोलिले उक्त परिमाणको लागूऔषध र काराखेतिले प्रयोग गरेको ग ५ प ५९४३ न म को स्कुटर सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक बस्यालले बताए।

साउन १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्