जन्‍मदिनमा बलिउड नायिका सडकमा माग्‍ने भएर नाचिन्

एजेन्सी- चर्चामा आउन कुनै पनि बलिउड नायक वा नायिकाहरुले अनेकन हर्कतहरु गर्दै आएका छन्। उनीहरु कहिले समुन्द्र र कहिले कहाँ आफ्ना हर्कतहरु देखाएर चर्चामा आइरहन चाहन्छन्। यस्तै एउटा रमाइलो हर्कत गरे चर्चामा आएकी छिन् बलिउड नायिका हुमा कुरैशी।

कुरैशीले सडकमा एउटा माग्‍ने डान्सरको रुपमा भिडियोमा आफूलाई प्रस्तुत गरेकी छिन्। जहाँ उनी सडकमा म्‍यूजिकको धुनमा नाचिरहेकी छिन भने सडकमा हिँडिरहेकी एक जनाले उसलाई स्ट्रिट डान्सर भनेर केही रुपैया दिन्छिन् र उनी शीर निहुर्‍याएर धन्‍यवाद दिइरहेकी छिन्।

उनले यो सब आफ्नो जन्‍म दिनको अवसरमा गरेकी सामाजिक सञ्‍जालमा लेखेकी छिन्।

बितेको २८ जुलाईमा हुमा ३२ वर्षकी भइन्। उनी आफ्‍नो जन्‍म दिन मनाउन आफ्‍नो परिवारका साथ आर्मेनिया गएकी थिइन्। उनी टिभी रियालिटी शो ‘इन्डियाज बेस्ट ड्रामेबाज ३’ मा जज बनेर आउने तयारीमा छिन्। उनले सोनालीलाई लागेको क्‍यान्सरको कारणले अवसर पाएकी हुन्।

उनको अन्तिम फिल्‍म ‘काला’ ७ जून २०१८मा प्रदर्शनमा आएको थियो।

साउन १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्