डा. गोविन्द केसीद्वारा नेकपा प्रवक्ता श्रेष्ठप्रति आभार व्यक्त

काठमाडौँ- डा. गोविन्द केसीले आफू अनशनमा रहँदा पार्टीको नीतिविपरीत भेट्न आएपछि अध्यक्ष केपी शर्मा ओलीको कटुवचन व्यहोरेका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई फोन गरेर आभार प्रकट गरेका छन्।

केसी आन्दोलनलाई ओली सरकारले हलुका रुपमा लिएको महसुस गर्दै आफैँ उनलाई भेट्न टिचिङ अस्पताल परिसर पुगेका श्रेष्ठले यही प्रसंगमा केपी ओलीलाई प्रवक्ता पदबाट राजीनामासमेत बुझाएका थिए। यद्यपि उनको राजीनामा स्वीकृत नभएको पार्टी स्रोतले जानकारी दिएको छ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले तपाईँ पार्टीको प्रवक्ता भएर डा. केसीलाई किन भेट्न जानुभएको भनेर प्रश्न गरेपछि श्रेष्ठले तपाईँ प्रवक्ता तपाईँ नै राख्नुस् भनी राजीनामा दिएका थिए।

यसबारे जानकारी पाएपछि डा. केसीले श्रेष्ठलाई फोन गरी आफूप्रति सदाशयता राखेकामा आभार प्रकट गरेका हुन्।

साउन १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्