विराट कोहलीले जो रुटलाई रन आउट गरे, अनि दिए जवाफ

बर्मिङ्गहमको एजबस्टनमा सुरु भएको भ्रमण टोली भारतसँगको टेस्ट क्रिकेट शृङ्खलाको पहिलो टेस्टको पहिलो दिन घरेलु टोली इंग्ल्याण्डले ९ विकेटको क्षतिमा २८५ रन बनाएको छ ।

पहिलो दिन भरातीय बलरले इंग्ल्याण्डको ९ विकेट दिलए । भारतका लागि सबै भन्दा महत्वपूर्ण भूमिका खेले रविचन्द्रन आश्विनले । आश्विनले २५ ओभरमा सात मेडन राख्दै ६० रन खर्चेर चार विकेट लिए ।

यस्तै तीब्र गतिका बलर मोहम्मद शमीले दुई तथा उमेश यादव र इशान्त शर्माले एक–एक विकेट लिए । इंग्ल्याण्डका कप्तान जो रुटले टस जितेर पहिले ब्याटिङ्ग रोजे । तर घरेलु टोलीले लगातार विकेट गुमायो ।

सुरुमा टिमको प्रदर्शन राम्रो रहेन । तर चौथो विकेटका लागि रुट र जोनी बेर्स्टोवले १०४ रनको साझेदारी गरे । रुटले ८० तथा बेर्स्टोवले ७० रन बनाए । रुटले टेस्ट आफ्नो करिअरको ६००० रन पूरा गरेका छन् ।

उनले ४० रन बनाउँदा नै ६००० रन पूरा गरेका हुन् । उनी डेब्युपछि सबैभन्दा छिटो ६ हजार रनको आँकडा पूरा गर्ने पहिलो खेलाडी हुन् । उनले पाँच वर्ष २३१ दिनमा यो उपलब्धी हाँसिल गरेका हुन् ।

रुटलाई भारतका कप्तान विराट कोहलीले रन आउट गरेका हुन् । त्यसपछि कोहलीले सेलिब्रेसन गरे । कोहलीको यो सेलिब्रेसनलाई इंग्ल्याण्डका कप्तान रुटमाथि गरिएको मजाकका रुपमा पनि हेरिएको छ ।

किनकी एक दिवसीय शृङ्खला अन्तर्गत एक खेलमा रुटले टिमलाई जित दिलाउँदा ब्याट छोडेर सेलिब्रेसन गरेका थिए । एक दिवसीय शृङ्खला इंग्ल्याण्डले २–१ त्था ट्वेन्टी–ट्वेन्टी शृङ्खला भारतले २–१ ले जितेको छ ।

रुट आउट भएपछि इंग्ल्याण्डका कुनै पनि ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । २४ रन बनाएर साम कुरेन क्रिजमा छन् भने जेम्स एण्डरसनले रन बनाएका छैनन् । यो खेल इंग्ल्याण्डको एक हजारौँ टेस्ट खेल हो ।

साउन १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्