केही दिनअघि अर्थात जुलाई २९ (साउन १३ गते) अन्तर्राष्ट्रिय बाघ दिवस मनाइयो । विश्वबाट घट्दै गएका वा लोप हुने खतरामा पुगेका बाघको संरक्षणमा सहयोग पर्‍याउने उद्देश्यले रहेक वर्ष दिवस मनाईन्छ ।

नेपालमा पनि यो दिवस मनाइएको छ । बाघका लागि नेपाल पनि महत्वपूर्ण क्षेत्र हो । यहाँ दुर्लभ प्रजातिको पाटे बाघ पाइन्छ ।

सागर गिरी

विश्वमा अहिले प्राकृतिक बासस्थानमा झण्डै साढे तीन हजारको हाराहारीमा बाघ रहेका छन् ।

सन् २०१३ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया निकुञ्जमा ५०, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्र तथा आसपासका वन क्षेत्रमा ७, निकुञ्ज बाँके र आसपासका मध्यवर्ती क्षेत्रमा ४ गरी नेपालमा बाघको संख्या १९८ पुगेको थियो ।

त्यसअघि सन् २००९ को गणनामा बाघको संख्या १ सय २१ थियो ।

नेपालमा हरेक चार वर्षमा बाघ गणना हुँदै आएको छ । विश्वका १३ वटा देशमा पाटेबाघ पाइन्छ । नौ प्रजातिमध्ये तीन प्रजाति लोप भइसकेका छन् । नेपालमा पाइने पाटे बाघ भारत, भुटान र बंगलादेशमा मात्रै पाइने गरेको विज्ञहरु बताउँछन् । विश्वमा ७० वर्ष अघि एक लाखको हाराहारीमा रहेको बाघ सन् २०१० सम्म आइपुग्दा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको हो ।

नेपाल सरकारले पनि बाघ संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । यहि पेरिफेरिमा चितवनका वन्यजन्तु फोटोग्राफर सागर गिरीले देश सञ्चारलाई चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा खिचिएका बाघका तस्बिर उपलब्ध गराएका छन् ।

(सागर गिरी वन्यजुन्तु फोटोग्राफर हुन्, उनी चितवनमा रहेर पर्यटन क्षेत्रमा पनि संलग्न छन् ।)