चितुवाको छालासहित तीनजना पक्राउ

काठमाडौँ – चितुवाको छालासहित त्यसको खरिद बिक्रीमा संलग्न तीनजना पक्राउ परेका छन् ।

प्रहरीको वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामका लागि केन्द्रीय अनुसन्धान व्यूरो र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको क्षेत्रीय अनुसन्धान समूहले दुईवटा चितुवाको छालासहित तीनजनालाई बुधबार पक्राउ गरेको हो ।

विज्ञापन

पक्राउ पर्नेमा बाग्लुङ्गको तमानखोला गाउँपालिका–६ का २५ वर्षका झलक छन्त्याल, २३ वर्षका देबेन्द्र रसाइली र २३ वर्षकै ज्ञानेन्द्र सेन्चुरी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरीको टोलीले पोखरालेखनाथ महानगरपालिका–७ अन्नपूर्ण टोलबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका तीनैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय पोखरामा बुझाएको छ ।

साउन १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्