१५ दिने फुललोढी पर्व सुरु

मिथिलाञ्‍चलमा मधुश्रावणीको उत्सव (फोटो फिचर)

जनकपुरधाम- मिथिलाञ्चल क्षेत्रमा मनाईने १५ दिने पर्व मधुश्रावणाी तथा फूललोढी विहीवारदेखि उत्सवको रुपमा मनाउन सरु भएको छ।

साउन शुक्ल पञ्चमी तिथिका दिनदेखि सुरु हुने मधुश्रावणी पर्व विशेषगरी नवविवाहिताहरुले मनाउने पर्व हो।

मधुश्रावणी पर्वमा शिवपार्वती तथा नाग देवताको पूजा गर्ने गरिन्छ भने ‘विषहरि’ को पूजामा माटीको सर्प बनाई पूजा गर्ने चलन रहेको छ ।

मधुश्रावणीमा १५ दिनसम्म नवविवाहित महिलाले प्रत्येक साँझ फुलपात टिप्ने गर्दछन्, र त्यही टिपिएको फुलपाल तथा झारहरुले भोलीपल्ट विहान पुजा गर्ने गर्दछन्। ‘फूललोढी’ मा १५ दिन सम्म वासी फूल र झारपातले नाग देवताको पूजा गर्ने चलन रहेको छ।

मिथिलाञ्चलमा मनाईने पर्वहरु मध्ये मधुश्रावनीलाई वर्षको पहिलो पर्वको रुपमा लिने गरिन्छ, भने यस क्षेत्रमा यो पर्वको अति नै महत्व रहेको मधुश्रावणी पूजा गराउँदै आएकी कुम्दिनी झा बताइन्।

‘फूललोढी’ विशेषतः ३ वटा जातिले मात्र मनाउने पर्व हो। जसमा बाह्रमण, कायस्थ र सोनार जातिका नवविवाहिताहरुले यो पर्व मनाउँदै आएका छन् ।

मधुश्रावणी कसरी मनाइन्छ ?


साउन शुक्ल पञ्चमी तिथिका दिनदेखि मधुश्रावणी शुरु भई १५ दिन पछी कृष्ण पक्षको पञ्चमी तिथिका दिन सम्पन्न हुने गर्दछ। यो १५ दिनको अवधीमा पहिलो पञ्चमीलाई मैनापञ्चमी र अन्तिम पञ्चमीलाई मधुश्रावणी भन्ने गरिन्छ।

१५ दिनसम्म गौरीशंकर र नागदेवताको पूजा गरेपछि अन्तिम दिन ‘टेमी’ कपासको बत्तीले बेहुलीको घुठ्ना र खुट्टाको पञ्जामा पोलेर ‘मधुश्रावणी’ पर्वको अन्त्य हुन्छ। बत्तीले पोलेपछि बेहुलीको खुट्टामा फोँका आउँदा उसको वैवाहिक जीवन राम्रो हुने जनविश्वास छ।

 

साउन १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्