जिल्ला प्रशासन धनुषा अगाडि नेविसंघको धर्ना

परीक्षा अवधिमै एच.ए इन्ट्रान्सको प्रश्‍नपत्र आउट

जनकपुरधाम- एच.ए ईन्ट्रान्सको प्रश्नपत्र आउट भएको विषयमा छानबिन एवं दोषी उपर कारवाईको माग गर्दै नेविसंघ धनुषाले विरोधमा उत्रेका छन् ।

एच.ए ईन्ट्रान्सको प्रश्नपत्र आउट भएकोले उक्त प्रश्नपत्रको छानवीन सहित पुःन परीक्षा लिनुपर्ने माग गर्दै नेबिसंघ धनुषाले बिहिबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी धर्ना दिएको हो।

गत शनिबार जनकपुरको संकटमोचन उच्च मावि परीक्षा केन्द्रमा सिटिइभिटि अन्तरगतको बर्गिकृत छात्रबृति परीक्षाको प्रश्नपत्र आउट भएको समाचार एक स्थानीय अनलाईन पत्रिकामा सार्वजनिक भएपछी नेविसंघले उक्त प्रश्नपत्र बारे छानवीन गर्न माग राख्दै विरोधमा उत्रेका छन्।

यस्तै, उक्त प्रश्नपत्रको छानवीन गर्नलाई जनकपुरमा अनुगमन टोली आएको खबर पनि आफुहरुले वैधानिक रुपमा नपाउँदा समेत धर्नामा बस्नु परेको नेविसंघ धनुषाका सभापत्ति सुजित मिश्रले जनाएका छन् । उनले परीक्षा अवधीमा नै प्रश्नपत्र आउट भएकोले उक्त परीक्षा रद्द गर्नुपर्ने माग समेत राखेका छन्।

नेविसंघ सभापति मिश्र भन्छन्, ‘हामी आज सांकेतिक रुपमा धर्नामा बसेका छौँ। र प्रश्नपत्रबारे जाँचबुझ गर्न दुई दिनको समय पनि दिएका छौँ। तर हाम्रो कुरा निकायले सुनेन् भने बाध्यतावस हामी संघर्षमा उत्रन्छौ।’ पैसामै प्रश्नपत्र विकेपछी अब पढ्ने कुनै जरुरी नरहेको दुखेको पोख्दै देशसञ्चार संग कुरा गर्दै मिश्रले भने यो विद्याथीको भविष्य संग खेलवाड रहेको र हामी उक्त कुरा सहेर बस्दैनौँ ।

यसअघी सम्बन्धित निकाय मौन रहेको भन्दै नेविसंघले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र समेत बुझाएको थियो ।

परिक्षा अवधिमा नै प्रश्न पत्र आउट हुनुमा केही कोचिंगका सञ्चालक, परीक्षा केन्द्रका केन्द्राध्यक्ष र सीटीभीटीको कर्मचारीहरुले पैसाको चलखेलगरी प्रश्नपत्र आउट गरेको नेबिसंघको दाबी छ।

शैक्षिक क्षेत्रमा भएको यस्तो गैर कानूनी कार्यहरुलाई तुरुन्त जाँचबुझ गरी दोषीलाई कारवाही गरी उक्त परिक्षा रद्द गरेर पुन: निष्पक्ष तरिकाले परिक्षा लिन नेबिसंघले जोड दिएको छ।

साउन १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्