धावनमार्गमा चिरा परेपछि त्रिभुवन विमानस्थलको उडान र अवतरण बन्द

फाइल तस्बिर-त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल।

काठमाडौ-  त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा परेपछि उडान र अवतरण बन्द भएको छ । बिहान ११ बजेदेखि विमानस्थलबाट हुने नियमित उडान रोकिएको छन् ।

धावनमार्गमा चिरा परेपछि मर्मतका लागि विमानस्थल बन्द भएका हो । यसका कारण आधादर्जन विमान आकाशमै होल्ड भएका छन् ।
११ बजेदेखि बन्द विमानस्थल खुल्न अझै केही समय लाग्ने विमानस्थल स्रोतले जानकारी दिएको छ ।

पिच उप्किएमा तत्काल टाल्ने र त्यो आधा घण्टाभित्र सुक्ने प्रविधि त्रिभुवन विमानस्थलमा प्रयोग गरिन्छ ।

साउन १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्