त्रिभुवन विमानस्थलमा उडान र अवतरण सुचारु

काठमाडौं- त्रिभुवन विमानस्थलको धावनमार्ग (रनवे)मा चिरा परेपछि दुई पटकको मर्मतपछि उडान र अवतरण सुचारु भएको छ।

धावनमार्गमा चिरा परेपछि बिहान ११ बजेदेखि विमानस्थलबाट हुने नियमित उडान र अवतरणमा समस्या देखिएको थियो।

विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘धावन मार्ग चिरा परेपछि ३० मिनेट जहाजहरु आकाशमै होल्ड भए। त्‍यसपछि पुन: जहाजहरु अवतरण गर्न थाले। केही विमान अवतरण र उडान भरिसकेपछि फेरि पनि धावन मार्गमा गरिएको पिच उप्कियो र जहाज पुन: आकाशमै होल्ड हुन पुग्‍यो। यसपछि पुन: मर्मतको कार्य गरिसकेर उडान र अवतरण सुरु गराएका छौ।’

धावनमार्गमा चिरा परेपछि मर्मतका लागि विमानस्थल बन्द हुँदा आधादर्जन विमान आकाशमै होल्ड भएका थिए भने नियमित उडान पनि रोकिएको थियो। अहिले भने नियमित उडान र अवतरण सुरु भइसकेको क्षेत्रिले जानकारी दिए।

साउन १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्