कांग्रेस संसदीय दलको बैठक चल्दै : सभामुखले पेलेको विषयमा छलफल

कांग्रेस बैठक।

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । संसदमा विकसित पछिल्ला घटनाका सम्बन्धमा छलफल गर्न पार्टीले संसदीय दलको बैठक बोलाएको हो ।

काग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा अब सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल भइरहेको छ ।

बिहीबार काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि पटकपटक समय माग गर्दा पनि नपाएको भन्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरेको थियो ।

कांग्रेसले बैठक बहिष्कार गरेपछि पनि सभामुखले बैठकलाई निरन्तरता दिएको सम्बन्धमा पार्टीले थप गम्भीर रूपमा लिएको जनाएको छ ।
‘संसदमा सभामुख ज्युले पेलेरै जान थाल्नुभयो, त्यसो भएपछि अब हामीले कसरी आफ्नो भूमिका निर्वाह गर्र्ने भन्ने विषयमा छलफल गर्छाै र आवश्यक निर्णय लिन्छौ ।’ कांग्रेसका एक सांसदले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक शुक्रबार अपराह्न १ बजे बस्दैछ ।

साउन १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्