प्रस्तावित प्रधानन्यायाधीश जोशीको टुंगो मतदानबाट

काठमाडौं- संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे विवाद चर्किँदै गएपछि त्यसको टुंगो अब मतदानबाट हुने भएको छ।

सिंहदरबारमा बिहान १० बजेदेखि सुरु भएको संसदीय सुनुवाई समितिको बैठक लामो समय बित्दा पनि अनिर्णित बनेपछि अब जोशीबारेको टुंगो मतदानबाट हुने भएको हो।

समितिमा रहेका सत्तारुढ नेकपाका  सदस्यले जोशीलाई प्रधानन्यायाधीश बनाउन नहुने अडान राख्दै आएका छन्। १५ सदस्यीय संसदीय सुनुवाई समितिमा नेकपाको बहुमत छ। केही दिनदेखि विवादमा रहेको प्रधान न्यायाधिश नियुक्ती प्रकरणमा जोशीबारे आज अन्तिम टुंगो लगाउने समितीले यसअघी नै बताईसकेको छ।

संसदीय सुनुवाइ समितिमा मध्‍ये ९ जना नेकपाका, ४ जना कांग्रेसका र फोरम तथा राजपाका एक-एक जना रहेका छन्।

केही दिनअघिसम्म जोशीको एसएलएसी प्रमाणपत्रलाई लिएर प्रश्न उठाएका समितीमा रहेका नेकपा सदस्यले पछिल्लो समय उनको कार्यकुशलता र कार्यक्षमतामा प्रश्न उठाएका छन्।

संसदीय सुनुवाई समितीले निर्णय लिन नसक्दा १ बजे सुरु हुने भनिएको संसद बैठकसमेत अवरुद्ध बनेको छ। यता प्रस्तावित प्रधानन्यायाधिश जोशीका पक्षमा देखिएको नेपाली कांग्रेसको संसदीय दलको बैठक अहिले बसिरहेको छ। अब मतदानले जोशीलाई प्रधानन्यायाधिशमा अस्विकृत या पारित गर्ने छ।

साउन १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्