कानुनमन्त्रीमा नेकपाका भानुभक्त ढकाल नियुक्त, पद्‍मा अर्यालको बढुवा

काठमाडौं- कांग्रेसले संसदीय सुनुवाइ समतिको बैठक बहिस्कार गर्ने भएको छ।

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद भानुभक्त ढकाल कानुनमन्त्री नियुक्त भएका छन्।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ढकाललाई मन्त्री नियुक्त गरेका हुन्।

यसअघि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा डाक्टरी पढिरहेका नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि राजीनामा दिनु परेको थियो।

यस्तै स्वास्थ्य राज्‍यम्नत्री पद्‍मा अर्यालको बढुवा भएको छ। उनलाई भूमि तथा गरिबी निवारण मन्त्रालयको जिम्‍मेवारी दिइने भएको छ। उनीहरुको सपथ आजै ४ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

साउन १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्