नेपालले टस जित्यो,पहिला ब्याटिङ गर्ने

काठमाडौं-नेदरल्यान्ड्सविरुद्धको दोस्रो तथा अन्तिम एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।
नेदरल्यान्ड्समा हुने यो खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुने छ। दुई खेलको शृंखलामा नेपाल १-० ले पछाडि छ। पहिलो खेलमा नेपाली टोली ५५ रनले पराजित भएको थियो।