२९ रनमा नेपालको पहिलो विकेट, त्यसपछि अनिल आउट

फाइल तस्बिर
काठमाडौं-नेदरल्यान्ड्सविरुद्धको दोस्रो तथा अन्तिम एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ।
टस जितेको नेपालले ८ ओभरमा २ विकेट गुमाएर ३४ रन जोडेको छ। नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको हो। उपकप्तान ज्ञानेन्द्र मल्ल १३ रनमा आउट भए। अनिल शाहले चार रन जोडे।
नेपालले ८ औं ओभरमा दुई विकेट गुमाएको हो। दुई खेलको शृंखलामा नेपाल १-० ले पछाडि छ। पहिलो खेलमा नेपाली टोली ५५ रनले पराजित भएको थियो।