एेरी रन आउट,नेपाल संकटमा

फाइल तस्बिर

काठमाडौं-नेदरल्यान्ड्सविरुद्धको दोस्रो तथा अन्तिम एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ।

टस जितेको नेपालले १६ ओभरमा ४ विकेट गुमाएर ७२ रन जोडेको छ। नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो। उपकप्तान ज्ञानेन्द्र मल्ल १३ रनमा आउट भए। अनिल शाहले चार रन जोडे।

नेपालले ८ औं ओभरमा सुरुका  दुई विकेट गुमाएको हो। सुबास खकुरेल १९ रनमा आउट भए। चौथो विकेटका रुपमा दीपेन्द्रसिंह एेरी १९ रनमै पवेलियन फर्किए। कप्तान पारस खड्का १० रनमा खेल्दैछन्।

दुई खेलको शृ‌ंखलामा नेपाल १-० ले पछाडि छ। पहिलो खेलमा नेपाली टोली ५५ रनले पराजित भएको थियो।

 

साउन १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्