सय रन नपुग्दै नेपालको पाँच विकेट,रोहित पौडेल पनि आउट

काठमाडौं-नेदरल्यान्ड्सविरुद्धको दोस्रो तथा अन्तिम एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ।

टस जितेको नेपालले १६ ओभरमा ५ विकेट गुमाएर ७२ रन जोडेको छ। नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो। उपकप्तान ज्ञानेन्द्र मल्ल १३ रनमा आउट भए। अनिल शाहले चार रन जोडे।

नेपालले ८ औं ओभरमा सुरुका  दुई विकेट गुमाएको हो। सुबास खकुरेल १९ रनमा आउट भए। चौथो विकेटका रुपमा दीपेन्द्रसिंह एेरी १९ रनमै पवेलियन फर्किए।रोहित पौडेल ६ रनमा आउट भए। कप्तान पारस खड्का १६ रनमा खेल्दैछन्।

चौथो विकेटका लागि २५ रनको साझेदारी गरेको नेपालले पाँचौं विकेटका लागि १६  रन जोड्यो। नेदरल्यान्ड्सका फ्रेड क्लासेनले तीन र माइकर रिप्पोनले एक विकेट हात पारे।

दुई खेलको शृ‌ंखलामा नेपाल १-० ले पछाडि छ। पहिलो खेलमा नेपाली टोली ५५ रनले पराजित भएको थियो।

 

साउन १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्