नेपालको सय रन पुरा,कप्तान पारस क्रिजमा

काठमाडौं-नेदरल्यान्ड्सविरुद्धको दोस्रो तथा अन्तिम एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ।

टस जितेको नेपालले २४ ओभरमा ५ विकेट गुमाएर एक सय  रन जोडेको छ। नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो। उपकप्तान ज्ञानेन्द्र मल्ल १३ रनमा आउट भए। अनिल शाहले चार रन जोडे।

नेपालले ८ औं ओभरमा सुरुका दुई विकेट गुमाएको हो। सुबास खकुरेल १९ रनमा आउट भए। चौथो विकेटका रुपमा दीपेन्द्रसिंह एेरी १९ रनमै पवेलियन फर्किए।रोहित पौडेल ६ रनमा आउट भए। कप्तान पारस खड्का २२ रनमा खेल्दैछन्। उनलाई आरिफ शेखले पाँच रनमा खेल्दै साथ दिईरहेका छन्। आरिफ र पारसबीच छैटौं विकेटका लागि १२ रनको साझेदारी भईसकेको छ।

चौथो विकेटका लागि २५ रनको साझेदारी गरेको नेपालले पाँचौं विकेटका लागि १६ रन जोड्यो। नेदरल्यान्ड्सका फ्रेड क्लासेनले तीन र माइकर रिप्पोनले एक विकेट हात पारे।

दुई खेलको शृ‌ंखलामा नेपाल १-० ले पछाडि छ। पहिलो खेलमा नेपाली टोली ५५ रनले पराजित भएको थियो।

साउन १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्