काठमाडौं-नेदरल्यान्ड्सविरुद्धको दोस्रो तथा अन्तिम एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ।

टस जितेको नेपालले ३७ ओभरमा ७ विकेट गुमाएर एक सय ५८  रन जोडेको छ।कप्तान पारसले ५१ रन बनाए।  नेदरल्यान्ड्सका कप्तान पिटर सिलारको बलमा छक्का प्रहार गर्दै पारसले अर्धसतक पुरा गरे। सोही ओभरमा सिलारले पारसलाई आउट गरे।  पारसले  ६९ बलमा २ छक्का र ६ चौका प्रहार गरे।

नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो। उपकप्तान ज्ञानेन्द्र मल्ल १३ रनमा आउट भए। अनिल शाहले चार रन जोडे।

नेपालले ८ औं ओभरमा सुरुका दुई विकेट गुमाएको हो। सुबास खकुरेल १९ रनमा आउट भए। चौथो विकेटका रुपमा दीपेन्द्रसिंह एेरी १९ रनमै पवेलियन फर्किए।रोहित पौडेल ६ रनमा आउट भए।  आरिफ शेख र पारसबीच छैटौं विकेटका लागि ४७ रनको साझेदारी भयो। आरिफ शेख सातौं विकेटका रुपमा १६ रनमा आउट भए।

चौथो विकेटका लागि २५ रनको साझेदारी गरेको नेपालले पाँचौं विकेटका लागि १६ रन जोड्यो। नेदरल्यान्ड्सका फ्रेड क्लासेनले तीन, पिटर सिलार र माइकल रिप्पोनले एक विकेट हात पारे। सोमपाल कामी १८ रनमा खेल्दैछन्।

दुई खेलको शृ‌ंखलामा नेपाल १-० ले पछाडि छ। पहिलो खेलमा नेपाली टोली ५५ रनले पराजित भएको थियो।

साउन १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्