नेदरल्यान्ड्सको सय रन पुरा,नेपालमाथी दबाब बढ्दो

काठमाडौं-नेदरल्यान्ड्सविरुद्धको दोस्रो तथा अन्तिम एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले दुई सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेदरल्यान्ड्सले २५ ओभरको समाप्तीमा २ विकेट गुमाएर एक सय  रन जोडेको छ।

नेदरल्यान्ड्सलाई अब २५ ओभरमा एक सय १५ रन आवश्यक छ। नेदरल्यान्ड्सका वेस्ली बारेस्सी ४३ र ड्यानियल डे ब्राक ३७ रनमा खेल्दैछन्। तेस्रो विकेटका लागि ७२ रनको साझेदारी भईसकेको छ।

सोमपाल कामीले दोस्रो बलमै स्टेफन माईबर्घलाई आउट गरे। माईबर्घ शुन्यमै आउट भए।नेदरल्यान्ड्सले ३० रन जोड्दा दोस्रो विकेट गुमायो। ललितसिंह भन्डारीले बेन कुपरलाई १९ रनमा पवेलियन फर्काए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर  २ सय १६  रन जोड्यो ।कप्तान पारसले ५१ र सोमपाल कामीले ६१ रन बनाए।  सुबास खकुरेल र दीपेन्द्रसिंह एेरीले १९/१९ रन बनाए। ज्ञानेन्द्र मल्लले १३ र अनिल शाहले चार रन जोडे । रोहित पौडेलले ६ र आरिफ शेखले १६ रनमा आउट भए।

फन माईबर्घलाई आउट गरे। माईबर्घ शुन्यमै आउट भए। यसअघि

टस जितेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर  २ सय १६  रन जोड्यो ।कप्तान पारसले ५१ र सोमपाल कामीले ६१ रन बनाए।  सुबास खकुरेल र दीपेन्द्रसिंह एेरीले १९/१९ रन बनाए। ज्ञानेन्द्र मल्लले १३ र अनिल शाहले चार रन जोडे । रोहित पौडेलले ६ र आरिफ शेखले १६ रनमा आउट भए।

नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो। आरिफ शेख र पारसबीच छैटौं विकेटका लागि ४७ रनको साझेदारी भयो। आरिफ र सोमपालबीच आठौं विकेटका लागि २३ रनको साझेदारी भयो।

चौथो विकेटका लागि २५ रनको साझेदारी गरेको नेपालले पाँचौं विकेटका लागि १६ रन जोड्यो।

आठौं नम्बरमा ब्याटिङमा आएका सोमपालले ४५ बलमा ३ छक्का र ५ चौका प्रहार गरे। ८८ रन जोड्दा पाँच विकेट गुमाएकाे नेपाललाई मध्यक्रम तथा सोमपालले सम्हाले।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याट्सम्यानको यो तेस्रो अर्धसतक हो । पारसले ६९ बलमा दुई छक्का र ६ चौका प्रहार गरे। यसअघि ज्ञानेन्द्र मल्लले पनि अर्धसतक बनाएका थिए।

सोमपाल र सन्दीप लामिछानेबीच नवौं विकेटका लागि ४१ रनको साझेदारी भयो। ।

नेदरल्यान्ड्सका फ्रेड क्लासेनले तीन तथा पिटर सिलार र माइकल रिप्पोनले दुई दुई विकेट हात पारे।

दुई खेलको शृ‌ंखलामा नेपाल १-० ले पछाडि छ। पहिलो खेलमा नेपाली टोली ५५ रनले पराजित भएको थियो।

साउन १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्