दिमागलाई स्वस्थ बनाउने तरिका

दिमाग स्वस्थ राख्ने यी १३ उपाय

दिमागी रुपमा स्वस्थ मानिसहरुमा स्वस्थ बानी व्यहोरा हुन्छ। उनीहरु आफ्नो संवेदना, भावना, सोच र बानीलाई व्यवस्थापन गर्न सक्छन् र जीवनलाई सफल बनाउँछन्। यहाँ हामीले दिमागी रुपमा स्वस्थ हुन गर्नु पर्ने र गर्न नै नहुने केही व्यवहारहरुको बारेमा कुराकानी गर्दैछौँ।

१. उनीहरु आफैँलाई बिचरा भनेर समय बिताउँदैनन्,

दिमागी रुपमा स्वस्थ व्यक्ति एक ठाउँमा बसेर परिस्थितिले आफूलाई यस्तै पार्‍यो भन्दै दुखी भएर बस्दैनन्। उनीहरुलाई अरुले आफूलाई कस्तो व्यवहार गर्‍यो भन्ने बास्ता लाग्दैन। त्यसको सट्टा जीवनमा आफ्नो जिम्मेवारी बहन गर्छन्। उनीहरुले जीवन सजिलो छैन भनेर बुझ्छन् र सजिलो बनाउने प्रयत्न गर्छन्।

२. उनीहरु आफ्नो शक्ति अरुलाई दिन चाँहदैनन्,

यस्ता व्यक्तिहरु अरुको नियन्त्रणमा पर्दैनन् र आफ्नो शक्ति अरुलाई दिन चाहँदैनन्। उनीहरु कहिल्यै भन्दैनन् कि ‘मेरो मालिकले मलाई नराम्रो अनुभूति गराए।’ किनभने उनीहरु बुझ्छन् उनीहरु आफ्नै भावनाले नियन्त्रित छन्। कुनै मुद्दामा कसरी उत्तर फर्काउने भन्ने विषयमा उनीहरु छनौट गर्न सक्छन्।

३. उनीहरु परिवर्तनसँग डराउँदैनन्,

दिमागी रुपमा स्वस्थ व्यक्ति परिवर्तनलाई नकार्दैनन्। त्यसको सट्टा उनीहरु सकारात्मक परिवर्तनको स्वागत गर्छन् र आफू त्यसमा मिल्न लचिलो बन्छन्। उनीहरु परिवर्तन अपरिहार्य भएको र त्यसलाई स्वीकार्न सक्ने आफ्नो क्षमतामा विश्वास गर्छन्।

४. उनीहरु आफूले नियन्त्रण गर्न नसक्ने कुरामा समय खेर फाल्दैनन,

दिमागी रुपमा स्वस्थ्य मानिसले सामान हराएको अथवा ट्राफिक जाममा समय खेर गएको भनेर गुनासो गर्दैनन्। त्यसको सट्टामा उनीहरु त्यसको उपाय के हुन्छ भन्ने तर्फ केन्द्रित हुन्छन्। उनीहरुले पहिचान गर्न सक्छन् की उनीहरुले नियन्त्रण गर्न सक्ने भनेको आफ्नो मनोवृत्तिमात्र हो।

५. उनीहरु सधैँ अरुलाई रिझाउन नसकेकोमा चिन्ता लिँदैनन्,

यस्ता व्यक्तिहरु हरेक समय सबैलाई रिजाउन आवश्यक नभएको ठान्दछन्। उनीहरु आवश्यक परेको बेलामा बोल्न डराउँदैनन्, उनीहरु मायालु र निष्पक्ष हुन खोज्छन्। उनीहरु अरु मानिसलाई खुसी बनाउँन सक्दैनन् भने दुखी पनि बनाउँदैनन्।

६. उनीहरु केही योजनाबद्ध जोखिमहरुबाट डराउँदैनन्,

उनीहरु बेकारको अथवा मूर्खता भएको जोखिम लिँदैनन्, तर केहि जोखिमहरु लिन्छन्। योजना गरिएका काममा, अनुसन्धान गरिका प्रोजेक्टमा आइपर्ने जोखिमहरु बहन गर्न सधैँ तयार हुन्छन्। दिमागी रुपमा स्वस्थ्य मानिसहरु ठूलो निर्णय लिनु र पछि पछुताउनुभन्दा पहिला नै जोखिम र त्यसबाट हुने लाभको बारेमा सोच्न समय बिताउने गर्छन् र केहि कदम उठाउनु अगाडि सम्भावित नतिजाबारे जानकार हुन्छन्।

७. उनीहरु अतीतमा बाँच्दैनन्,

यस्ता मानिसहरु आफ्नो बितेको समयका बारेमा सोँचेर समय खेर फाल्दैनन्, त्यो बेलामा यस्तो भएको भए अहिले फरक हुन्थ्यो भनेर सोच्दैनन्। उनीहरु आफ्नो अतितका विषयमा कृतज्ञ हुन्छन् र त्यसबाट सिकेको पाठ सम्झन्छन्। जे भएपनि उनीहरु आफ्नो नराम्रो अनुभवलाई बिर्सन्छन् र आगामि दिनको सुन्दर सपना देख्छन्। उनीहरु वर्तमानमा जिउँछन् र भविष्यको योजना बनाउछन्।

८. उनीहरु एउटै गल्ती बारम्बार गर्दैनन्

उनीहरु आफ्नो व्यवहारप्रति जिम्मेवार हुन्छन्। आफ्नो पछिल्लो गल्तिबाट सिक्छन्। नतिजाको लागि हतार गर्दैनन्। उनीहरु सकेसम्म त्यो गल्ती दोहोर्‌याउँदैनन्। त्यसको सट्टामा उनीहरु अगाडि बढ्छन् र भविष्यका लागि राम्रो निर्णय लिन्छन्।

९. उनीहरु अरुको सफलतामा दुखी हुँदैनन्,

यस्ता मानिसहरु अरुको खुसीमा सामिल हुने र उनीहरुको खुसी मनाउने गर्छन्। उनीहरु आफूभन्दा अगाडि कोहि आएपनि जल्ने वा डाहा गर्ने गर्दैनन्। उनीहरु चिन्छन् की सफलता कडा परिश्रमको उपज हो, उनीहरु यसतर्फ सधैँ अग्रसर हुन्छन् र आफ्नो सफताको अवसर आफैँ सिर्जना गर्छन्।

१०. उनीहरु पहिलो असफलताबाट निराश हुँदैनन्,

उनीहरु आफ्नो असफलतालाई आत्मसर्पणको कारण मान्दैनन्। उनीहरु असफलतालाई अगाडि बढ्ने र सधार्ने अवसरको रुपमा लिन्छन्। उनीहरु आफूले चाहेको कुरा प्राप्त नहुने बेलासम्म प्रयासरत रहने इच्छाशक्ति राख्छन्।

११. उनीहरु एक्लै भएको बेलामा डराउँदैनन्

यस्ता मानिसहरु एक्लै हुँदा अथवा शान्त भएको बेलामा डराउँदैनन्। उनीहरु यो अवस्था आउँनै नदिन चनाखोँ हुन्छन्, उनीहरु एक्लै हुने गरेको समयलाई उत्पादनमूलक बनाउँछन्। उनीहरु आफ्नै साथीभाईमा रमाउँछन् र अरुको भरोसामा भर नपर्ने हुन्छन्। हरेक समय रोमाञ्चित हुन्छन्।

१२. उनीहरु विश्वमा भएको केहि वस्तु मेरो हो भन्दैनन्,

मानसिक रुपमा स्वस्थ्य मानिसहरु जीवनमा भएको केहि वस्तुप्रति हक जताउँदैनन्। उनीहरु यो सोचका साथ जन्मिएका नै हुँदैनन् की कोहि उनको हेरचार गरुन् र त्यसको बदलामा उनीहरुले केहि गर्नुपर्छ। त्यसको सट््टामा उनीहरु आफ्नो स्वाभावको आधारमा अवसरको खोजी गर्ने गर्छन्।

१३. उनीहरु तत्कालिन नतिजाको अपेक्षा गर्दैनन्।

चाहे आफ्नो स्वास्थ्य सुधारको विषयमा अथवा व्यवसायको विषयमा उनीहरु तत्काल नतिजाको अपेक्षा गर्दैनन्। त्यसको सट्टामा उनीहरु आफ्नो सीपको प्रयोग गरेर र समयको ख्याल राखेर आफ्नो क्षमता अनुरुप परिवर्तनलाई बुझ्न खोज्छन्।

दिमागलाई बलियो बनाउने अन्य १० उपायहरु

१. आफूले आफैलाई चिन्न दिनमा १५ मिनेट समय देउ,
२. दिनमा कम्तीमा पनि एउटा गाह्रो काम गर,
३. आफ्नो एउटा नराम्रो बानी छोड,
४. चुनौतीको पहिचान गर लक्ष्यलाई चिन,
५. आफ्नो बलियो र कमजोर पक्षको पहिचान गर,
६. दिनहुँ टिपोट गर्ने, आफूले आभार भएका घटनालाई लेखेर राख्ने गर्नुपर्छ,
७. दिनको १० ओटा उपायहरु लेख्नुहोस, जसले तपाईको उपाय बताउने मांशपेशीलाई स्वस्थ्य राख्छ,
८. आफैसँग सकारात्मक संवादको विकास गर्ने,
९. आफ्नो शरीरको ख्याल राख्ने,
१०. स्वस्थ्य वातावरणको निर्माण गर्ने ।

साउन १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्