नेपाल जितबाट एक विकेटले टाढा,कप्तानले कप्तानलाई आउट गरे

काठमाडौं-नेदरल्यान्ड्सविरुद्धको दोस्रो तथा अन्तिम एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले दुई सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेदरल्यान्ड्सले ४४ ओभर जारी रहँदा ९ विकेट गुमाएर एक सय  ८५ रन जोडेको छ।

नेदरल्यान्ड्सले एक सय ७९ रन जोड्दा आठौं विकेटका रुपमा कप्तान पिटर सिलार आउट भए। उनलाई पारस खड्काले आउट गरे। पारसलाई पनि सिलारले नै आउट गरेका थिए।

लयमा देखिएका वेस्ली बारेस्सी खतरनाक देखिएका थिए।  पार्ट टाइम बलर दीपेन्द्रसिंह एेरीले ७१ रनमा खेलिरहेका बारेस्सीलाई एलबिडब्लू धरापमा पारे। नेपालका सन्दीप लामिछानेले तीन,  ललित भन्डारीले दुई तथा बसन्त रेग्मी र सोमपाल कामीले पनि एक एक विकेट हात पारे।

नेदरल्यान्ड्सका ड्यानियल डे ब्राकले पनि ३९ रन जोडे। ब्राक र वेस्ली बारेस्सीबी तेस्रो विकेटका लागि ८४ रनको साझेदारी भएको थियो। ब्राकलाई आउट गर्दै बारेस्सीले उक्त साझेदारी तोडेका थिए।

नेदरल्यान्ड्सलाई  ३२ रन आवश्यक छ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर  २ सय १६  रन जोड्यो ।कप्तान पारसले ५१ र सोमपाल कामीले ६१ रन बनाए।  सुबास खकुरेल र दीपेन्द्रसिंह एेरीले १९/१९ रन बनाए। ज्ञानेन्द्र मल्लले १३ र अनिल शाहले चार रन जोडे । रोहित पौडेलले ६ र आरिफ शेखले १६ रनमा आउट भए।

फन माईबर्घलाई आउट गरे। माईबर्घ शुन्यमै आउट भए। यसअघि

टस जितेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर  २ सय १६  रन जोड्यो ।कप्तान पारसले ५१ र सोमपाल कामीले ६१ रन बनाए।  सुबास खकुरेल र दीपेन्द्रसिंह एेरीले १९/१९ रन बनाए। ज्ञानेन्द्र मल्लले १३ र अनिल शाहले चार रन जोडे । रोहित पौडेलले ६ र आरिफ शेखले १६ रनमा आउट भए।

नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो। आरिफ शेख र पारसबीच छैटौं विकेटका लागि ४७ रनको साझेदारी भयो। आरिफ र सोमपालबीच आठौं विकेटका लागि २३ रनको साझेदारी भयो।

चौथो विकेटका लागि २५ रनको साझेदारी गरेको नेपालले पाँचौं विकेटका लागि १६ रन जोड्यो।

आठौं नम्बरमा ब्याटिङमा आएका सोमपालले ४५ बलमा ३ छक्का र ५ चौका प्रहार गरे। ८८ रन जोड्दा पाँच विकेट गुमाएकाे नेपाललाई मध्यक्रम तथा सोमपालले सम्हाले।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याट्सम्यानको यो तेस्रो अर्धसतक हो । पारसले ६९ बलमा दुई छक्का र ६ चौका प्रहार गरे। यसअघि ज्ञानेन्द्र मल्लले पनि अर्धसतक बनाएका थिए।

सोमपाल र सन्दीप लामिछानेबीच नवौं विकेटका लागि ४१ रनको साझेदारी भयो। ।

नेदरल्यान्ड्सका फ्रेड क्लासेनले तीन तथा पिटर सिलार र माइकल रिप्पोनले दुई दुई विकेट हात पारे।

दुई खेलको शृ‌ंखलामा नेपाल १-० ले पछाडि छ। पहिलो खेलमा नेपाली टोली ५५ रनले पराजित भएको थियो।

साउन १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्