कोहलीको शतक र अर्धशतक, र पनि हार्‍यो भारत

भारत–इंग्ल्याण्ड, टेस्ट क्रिकेट शृङ्खला

पहिलो टेस्ट–बर्मिङ्गघम

इंग्ल्याण्ड, पहिलो पारी–२८७, दोस्रो पारी–१८० रन

भारत, पहिलो पारी–२७४ रन, दोस्रो पारी–१६२ रन

इंग्ल्याण्ड ३१ रनले विजयी, पाँच टेस्टको शृङ्खलामा १–० को अग्रता

भारतसँग बर्मिङ्गघममा भएको पहिलो टेस्ट क्रिकेटमा इंग्ल्याण्ड विजयी भएको छ । इंग्ल्याण्डले भ्रमण टोली भारतलाई ३१ रनले हराएको हो । चौथो दिन आइतबार जितका पाँच विकेटमा जितका लागि ८४ रन आवश्यक रहेकोमा भारतले ५२ रन मात्रै बनाउन सक्यो ।

इंग्ल्याण्डले पहिलो पारीमा २८७ तथा दोस्रो पारीमा १८० रन बनाएको तथा भारतले पहिलो पारीमा २७४ रन बनाएकाले जितका लागि १९४ रनको लक्ष्य पाएको थियो । तर भारतले दोस्रो पारीको दोस्रो दिन खराब प्रदर्शन गरेका कारण हार बेहोर्न बाध्य भयो ।

दोस्रो पारीमा इंग्ल्याण्डका लागि साम करनले ६३ तथा जोनी बेयरस्टोले २८ रनको योगदान दिए । भारतका इशान्त शर्माले पाँच तथा रवीचन्द्रन आश्विनले तीन विकेट लिए ।

भारतका लागि दोस्रो पारीमा कप्तान विराट कोहलीले ५१ रन बनाए । यस्तै हार्दिक पाण्डेयले ३१ तथा दिनेश कार्तिकले २० रनको योगदान दिए पनि त्यो जितका लागि पर्याप्त भएन ।

इंग्ल्याण्डका बेन स्टोक्सले दोस्रो पारीमा चार विकेट लिए । कोहलीले पहिलो पारीमा १४९ रन बनाएका थिए । भारतले पाँच टेस्टको शृङ्खलमा पहिलो खेल गुमायो । इंग्ल्याण्डले १–० को अग्रता लियो ।

साउन २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्