मिल्नरको टाउकोमा १५ वटा टाँका, ऐना हेर्न दिइएको छैन

लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरको टाउकोमा १५ वटा टाँका लगाइएको छ । नयाँ सिजनको तयारी स्वरुप शनिबार बेलुका डब्लिनमा नापोलीसँग भएको मैत्रीपूर्ण खेलको क्रममा मिल्नरको टाउकोमा चोट लागेको हो ।

लिभरपुललाई ५–० को जित दिलाउने क्रममा मिल्नरले चौथो मिनेटमा नै गोल गरेका थिए । तर दोस्रो हाफमा नापोलीका पोर्चुगिज डिफेन्डर मारिओ रुइसँगको ट्याकलको क्रममा मिल्नर ठोक्किएका हुन् ।

उनको टाउकोमा चोट लाग्यो । खेलको ५५ औँ मिनेटमा ३२ वर्षका मिल्नर बाहिरिए । मिल्नरलाई ऐना हेर्न दिइएको छैनन ।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्पले भने, ‘अहिलेसम्म मिल्नर त्यति आत्तिएका छैनन्, उनलाई ऐना हेर्न दिइएको छैन ।’

लिभरपुलले नयाँ सिजनको पहिलो प्रिमियर लिग खेलमा अगस्ट १२ मा वेष्ट ह्यामसँग खेल्नेछ । यो खेलमा मिल्नर मैदानमा हुने वा नहुने भन्ने खुलेको छैन ।

साउन २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्