कांग्रेस नेता तथा पूर्व सांसद कमल पंगेनीको निधन

काठमाडौँ – कांग्रेस नेता तथा पूर्व सांसद कमल पंगेनीको निधन भएको छ ।

कांग्रेसको स्याङ्जा जिल्ला सभापति पंगेनीको जिल्लाको हेलु स्थित आफन्त तोयनाथ अर्यालको घरमा हृदयघातका कारण आइतबार बिहान निधन भएको हो ।

५४ वर्षका पंगेनी शनिबार पार्टीको कार्यक्रममा सहभागी भइ आफन्त अर्यालको घरमा बास बसेका थिए ।

बिहान करिब पाँच बजे कोठामा अचेत अवस्थामा फेला परेपछि डाक्टर बोलाइएको तर डाक्टरले मृत घोषित गरेको उनका आफन्तले बताए ।

उनका श्रीमती र तीन छोराछोरी छन् । पंगेनी दोस्रो संविधानसभाका सदस्य थिए तर योपल्टको निर्वाचनमा उनी पराजित भएका थिए ।

साउन २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्