पहिरोले धादिङमा पनि एक बालकको मृत्यु

धादिङ- पहिरो आएर घरलाई थिच्दा नीलकण्ठ नगरपालिका–१० भारमालेमा शनिबार राति एक बालकको मृत्यु भएको छ ।

घरमाथिको पहिरोले घर पुरिएर १३ वर्षीय सुजन पुलामीको घरले चेपिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

घटनापछि गाउँवासीले पहिरो पन्छाए पनि शव निकाल्न सकेका छैनन् ।

साउन २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्