विपद

जाजरकोटमा पहिरो : चारजनाको मृत्यु, उद्धार चल्दै

फाइल तस्बिर

सुर्खेत– जाजरकोटमा पहिरोले घर पुरिँदा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । एकजनाको जीवितै उद्धार गरिएको जाजरकोटका डिएसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिए ।

आइतबार बिहान गएको पहिरोले घर पुरिँदा भेरी नगरपालिका–३ का लालबहादुर लोहारकी श्रीमती र दुई छोरीको ज्यान गएको हो । यस्तै छिमेकीकी छोरीको पनि ज्यान गएको डिएसपी सिंहले जानकारी दिए ।

लालबहादुको भने जीवितै उद्धार गरिएको छ ।

ज्यान गुमाउनेमा उनकी श्रीमती शितली लोहार र दुई छोरी रहेका छन् ।

यस्तै लालबहादुरको छिमेकीकी छोरी ९ वर्षकी नज्मा बोहराको पनि ज्यान गएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत स्थानीय बासिन्दाको टोली खटिएको छ ।

साउन २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्