‘संसदीय सुनुवाइ स्वतन्त्र न्यायपालिकाको बर्खिलाप’

काठमाडौँ- पूर्वसभामुख दमननाथ ढुंगानाले संसदीय सुनुवाइ स्वतन्त्र न्यायपालिकाको अवधारणाको बर्खिलाप भएको बताएका छन्।

सामाजिक संजाल ट्विटरमा ढुंगानाले लेखेका छन्, ‘संसदीय सुनुवाई संसदीय व्यवस्थासँग अनमेल धारणा हो  र संसदिय सुनुवाइ समिति स्वतन्त्र न्यायपालिकाको अवधारणा बिपरित छ।’

उनको ट्विटको पूर्वसचिव भीम उपाध्यायले प्रतिवाद गरेका छन्। उनले लेखेका छन्, ‘अमेरिका, बेलायत पनि स्वतन्त्र न्यायपालिका बर्खिलाप रहेछन् है दमन जी? ०४७ सालदेखि अहिले ३० वर्ष कुम्भकर्ण निद्राबाट जाग्ने बेला बल्ल आएछ। अनैतिक र ट्र्याकरेकर्ड तन्नमहरू बटुल्दै संवैधानिक अंगको गद्दीमा बसाउने र सांसदलाई औठाछापे अनुमोदन समिति बनाउँदासम्म ठीक थियो आजसम्म। तर एक्कासी..!’

नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष केशवप्रसाद भट्टराईले सामाजिक संजाल फेसबुकमा  नेपालको संविधानले स्वतन्त्र न्यायपालिकाको व्यवस्था नै नगरेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने न्यायपरिषद्‌ सदस्य र प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सवैधानिक समितिका सदस्य राजनीतिक हुन्छन्। यस्तो अवस्थामा स्वतन्त्र न्यायापालिका हुन्छ भनेर विश्वास गर्न सकिदैन।’

साउन २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्