कहिलेसम्म घट्छ सेयर बजार?

काठमाडौँ-साताको पहिलो कारोबार दिन नै सेयर बजार १.४३ अंकले घटेको छ। नेप्से परिसूचक रातो भएको बजारमा कारोबार रकम पनि १६ करोड ७० लाख रुपैयाँमा सिमित भयो।

आईतबार कारोबार सुरु भए देखि सुस्त रहेको सेयर बजारमा १ सय ६० कम्पनी ५ लाख ९७ हजार कित्ता सेयर खरिद बिक्रि भयो।

घटेको बजारमा बैंकिङ, हाईड्रोपावर, फाईनान्स, नन लाईफ इनस्योरेन्स, उत्पादनमूलक उपसूचक ओरालो लाग्दा होटल, विकास बैंक, अन्य, माईक्रोफाईनान्स र लाईफ इस्योरेन्स उपसूचक उकालो लागेको छ।

झिनो रकमको कारोबार हुदाँ साताको पहिलो दिन १ करोड रुपैयाँको पनि कुनै पनि कम्पनीको कारोबार हुन सकेन। झिनो रकमको कारोबार हुदाँ सानीमा माई हाईड्रोपावर धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो।

सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल ब्याजदरमा गिरावट नआउँदा सम्म सेयर बजार बढ्ने सम्भावना नरहेको बताउँछन्।

साउन २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्