रोनाल्डोको तयारी नयाँ क्लबमा नयाँ सिजनका लागि

क्रिष्टियानो रोनाल्डोले नयाँ क्लबबाट नयाँ सिजनको तयारी तीब्र पारेका छन् । स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका रोनाल्डोले अहिले तीब्र प्रशिक्षणमा छन् ।

युभेन्टसको प्रि–सिजनका खेलमा मैदान नउत्रिएका रोनाल्डोले सिरी ए को उद्घाटन खेलबाट डेब्यु गर्ने तयारी गरेका छन् । रोनाल्डोले त्यसका लागि आइतबार पनि प्रशिक्षण गरे ।

अमेरिका भ्रमणमा नगएका क्लबका बाँकी खेलाडीसँग रोनाल्डोले प्रशिक्षण गरेका हुन् । ३३ वर्षका रोनाल्डो ११२ मिलियन युरोमा युभेन्टस आएका हुन् ।

रोनाल्डोको टिम युभेन्टस उनको पुरानो क्लब रियल मड्रिडसँग आइतबार बिहान अमेरिकाको फेडएक्समा भएको खेलमा ३–१ ले पराजित भएको थियो ।

साउन २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्