१६ करोडमा बेच्न लागेको अफ्रिकी रुबीसहित एकजना पक्राउ

काठमाडौँ – प्रहरीले काठमाडौँको लैनचौरबाट बहुमूल्य पत्थर अफ्रिकी रुबीसहित एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले १६ करोडमा बिक्री गर्न लागिएको अफ्रिकी रुबीसहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दीपक सिजापति रहेको वृत्तका डिएसपी धनबहादुर मल्लले जानकारी दिए । सिजापतिलाई अहिले नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धान सकिएपछि राजश्वमा बुझाइने डिएसपी मल्लले जानकारी दिए ।

यस्तै काठमाडौँको लाजिम्पाटबाट १२ लाख ७० हजार भारतीय रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ र सुरज मल्ल रहेको प्रहरीले जनाएको छ ।

साउन २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्