छुरा प्रहार गरेर बुवाको हत्या, छोरा गम्भीर घाइते

सांकेतिक तस्बिर

जनकपुरधाम- धनुषामा छुरा प्रहार गरी बुवाको हत्या भएको छ, भने छोरा गम्भीर घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका १९ बेंगाशिवपुरका ५० वर्षका रामवृक्ष यादवको छुरा प्रहारबाट मृत्यु भएको हो ।

त्यस्तै, छुराप्रहारबाट मृतकको छोरा २८ वर्षका रामसोगारथ यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते रामसोगारथलाई उपचारको लागि काठमाडौँ रेफर गरिएको छ ।

आइतबार राति रामवृक्ष यादवका दाजुभाई बिचको विवादमा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको र मृतकको शव पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिएका छन् ।

साउन २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्