निशानको शव भेटिएको ५० मिनेटमै दुई अपहरणकारीको इन्काउण्टर !

काठमाडौँ– साउन २० गते बेलुका साढे चार बजदेखि निशान खड्का हराए । खोजीरहेकै बेला बेलुका ९ बजेर १ मिनेट जाँदा अपहरण परेको फोन आयो उनकी आमा चमेलीलाई । फोनमै अपहरणकारीले निशानलाई अपहरण गरेको जानकारी दिँदै ४० लाख रुपैयाँ फिरौती मागे ।

२१ ग्ते दिउँसो साढे १२ बजे भक्तपुरको ठिमी नगरपालिका ९ स्थित श्याम लवटको निर्माणाधिन घरमा निशानको शव फेला प¥यो । शव फेला परेको करिव ५० मिनेटपछि १ ः २० बजे अपहरणकारी पनि प्रहरी इन्काउण्टरमा मारिए ।

सिन्धुपाल्चोकको ज्यमिरे–९ घर भएका निशानका परिवार हाल काठमाडौँ ३२ को काँडाघारीमा बस्दै आएका थिए । बालक अपहरण परेको र फिरौती मागेको खबर पाउनासाथ प्रहरी अपराध महाशाखाबाट टोली खटिएको थियो ।

प्रहरीले भक्तपुरको पाईलट बाबाजंगलतर्फ अपहरणकारी भागेको सूचना पाएपछि सुर्यविनायक नगरपालिका ८ पाईलट बाबाको आश्रमस्थिल नजिकै प्रहरीले फेला पा¥यो । त्यही क्रममा अपहरणकारीले प्रहरीलाई लक्षितगरी गोलीप्रहार गर्न लागेपछि मुडभेडमा दुई जना मारिएका हुन् ।


अपहरणमा संलग्न २३ वर्षका अजय तामाङ पनि सिन्धुपाल्चोककै हुन् । सिन्धुपाल्चोकका कर्थली १ का अजय र नुवाकोटको सामरीका गोपाल तामाङ घटनास्थलमै मारिएको प्रहरी अपराध महाशाखाले जनाएको छ । घटनास्थलमा एक थान पेस्तोल र दुई राउण्ड गोली पनि फेला पारेको प्रहरीले जनाएको छ ।

तस्बिरहरु- बर्षा शाह/देश सञ्‍चार

साउन २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्