रियल मड्रिडले भित्र्याउँदै छ विश्वकपका उत्कृष्ट किपर

युरोपियन च्याम्पियन रियल मड्रिडले चेल्सीका गोलरक्षक थिबाउट कोउर्तोइसलाई क्लब भित्र्याउने तयारी गरेको छ । चेल्सीका थिबाउटलाई रियल मड्रिडले भित्र्याउन चाहेको खबर यसअघि पनि आएका हुन् ।

तर थिबाउट सोमाबार प्रिमियर लिग क्लब चेल्सीको प्रशिक्षणमा सहभागी नभएपछि यो कुराले बल पाएको हो । थिबाउट चेल्सीको प्रशिक्षणमा सहभागी नहुनुलाई उनी रियल मड्रिड जाने तयारीका रुपमा हेरिएको छ ।

२६ वर्षका बेल्जियन थिबाउट कहिले प्रशिक्षणमा फर्किन्छन् भन्ने चेल्सीलाई पनि थाहा नरहेको जनाइएको छ । थिबाउट सन् २०११ देखि चेल्सीमा छन् । उनले रुसमा भएको विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनी विश्वकपको उत्कृष्ट गोलरक्षक हुँदै गोल्डेन ग्लोभ अवार्ड पाउन सफल भएका थिए । उनले चेल्सीबाट १५४ खेलेका छन् र ५८ खेलमा गोल खाएका छैनन् । उनले मात्रै १५२ गोल खाएका छन् ।

चेल्सीका वेङ्गर इडन हजार्ड पनि रियल मड्रिड जाने चर्चा छ । उनी पनि सोमबारको प्रशिक्षणमा सहभागी भएनन् ।

साउन २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्