नेकपाको सचिवालय बैठक बस्दै

फाइल फोटो

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी, नेकपाको सचिवालय बैठक बुधबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेपछि बस्ने बैठकमा पार्टीको एकीकरण स्थानीय स्तरमा कसरी गर्ने भन्ने बारेमा छलफल हुनेछ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबिच केन्द्रमा एकीकरण भएर नेकपा बनेको हो । तर अहिलेसम्म पार्टीका तल्ला तहमा एकीकरण हुन सकेको छैन ।

तत्कालीन एमाले र माओवादी केन्द्रबिच गएको जेठमा एकता भए पनि जनवर्गीय संगठन, जिल्ला, इलाका तथा स्थानीय कमिटिमा एकीकरण हुन बाँकी छ । पार्टीको स्थानीय तहमा एकीकरणसहित अरु विषयमा पनि बैठकमा छलफल हुनेछ ।

साउन २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्