चेल्सीले जित्यो, पेनाल्टीमा हजार्डको विजयी गोल

नयाँ सिजनको तयारीमा रहेको चेल्सीले अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत फ्रान्सेली क्लब लियोनलाई हराएको छ । लण्डनमा मंगलबार राति भएको खेलको निर्धारित समयमा गोल रहित बराबरी भयो ।

त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो । त्यसमा चेल्सीले ५–४ को जित निकाले । चेल्सीका लागि इडन हजार्डले पेनाल्टीमा विजयी गोल गरेका हुन् ।

यस्तै चेल्सीका गोलरक्षक रोब ग्रिनले सुन्दर बचाउ गरेर टिमको जितमा नायक बने । लियोनका पापे चेइख डिओपको प्रहार ३८ वर्षका ग्रिनले सुन्दर डाइभ गर्दै बचाउ गरेका हुन् ।

साउन २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्