धान खेतमा बतास : फोटो फिचर

बयेली खेल्दै, सुसेली हाल्दै

काठमाडौँ – राजधानी शहर काठमाडौँको परिचय पछिल्ला वर्षमा फेरिएको छ, र चिनिन थालेको छ धुलो र हिलोको शहर भनेर । पानी परे जताततै हिलैहिलो ।

घामलागेपछि धुलैधुलो । त्यसमाथि बान्की नमिली बाक्लिँदै गएका भवनहरुले मन्दिरहरुको शहर कुरुप बन्दै गएको छ । मान्छेको भिड र अव्यवस्थित शहरी संरचनाका कारण काठमाडौँ अत्यास लाग्दो पनि छ । तर यहि काठमाडौँको छेउछाउमा भने सुन्दर फाँटहरु देख्न पाइन्छ । ति फाँटमा अहिले धान हुर्किरहेको छ ।

हिरोयो धान हावासँग मडारिँदै, बयेली खेल्दै गर्दा झन मनमोहक देखिन्छ । काठमाडौँको चिसापानीको फाँटमा धान फस्टाउँदै छ । धान फाँटका बिचतिर तरकारी खेतीका लागि बनाइएका प्लाष्टिकका टनेलहरु पनि छन् । यो क्षेत्रको हावाले धुलोलाई सायद जितेको छ र त बहन्छ सुसेली हाल्दै । धानसँगै त्यहाँ पुग्नेको मन बराल्दै ।

साउन २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्