नेपालभरि रेनोकोे एक्सचेन्ज कार्निभल मेला

काठमाडौँ- नेपालमा रेनोको आधिकारिक वितरक, एडभान्स अटोमोबाईल प्रालि (विशाल समूहको सहायक कम्पनी) ले रेनो कार प्रेमीहरुका लागि श्रावण २९ गतेसम्म नेपाल अधिराज्यभर रेनो क्याप्चर कार्निभल मेला आरम्भ गरेको छ ।

अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।

रेनोको क्याप्चर, क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ ।

अभियानले ग्राहकलाई ३ लाख बराबरसम्मको एक्सचेन्ज बोनस अफर, २ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, एक आर्थिक वर्षका लागि सडक कर फ्री, स्पट फाइनान्सको सुविधा, तुरुन्त मुल्यांकन र एक्सचेन्ज जस्ता आकर्षक सेवा उपलब्ध गराएको छ ।

ग्राहकहरुले हरेक टेस्ट ड्राईभ गरेर आकर्षक उपहार जित्न सक्ने योजना पनि चलिरहेको छ ।

साउन २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्