स्थानीय सरकारमा सञ्‍चारिका समूहको चासो

‘सुशासनका लागि महिला नेतृत्वको खाँचो छ,हामी हातेमालो गर्न तयार छौ’

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन स्थापित गर्न र भ्रष्टाचार मुक्त समाजका लागि महिलाको नेतृत्व आवश्यक भएको बताएका छन्। सञ्‍चारिका समूहले पोखरा आयोजना गरेको ‘स्थानीय सरकारमा महिला : संचार माध्यमसँग सहकार्य’मा बोल्‍दै मुख्‍यमन्त्रीले सो कुरा बताएका हुन्।

मुख्‍यमन्त्री सुब्बाले सत्तामा पुगेका महिलालाइ पुराना कार्यपद्दति परिवर्तन गरि पारदर्शी , उत्तरदायी शासन व्यवस्थाको उदाहरण बन्न समेत आग्रह गरे।
उनले भने, ‘ नेपालमा सुशासन र समृद्धि ल्याउन नेतृत्व र नीति निर्माणको तहमा आउनु पर्छ।संविधानले समावेशी ब्यवस्था गरेको छ।’

गण्डकी प्रदेशका महिलाहरुलाइ विकासको मुलधारमा ल्याउन एकाडेमी नै बनाउन योजनामा प्रदेश सरकार रहेको उनको भनाई थियो। उनले भने, ‘ महिला सशक्तिकरणका लागि प्रदेश सरकार मिहलामुखी एकेडेमी बनाउने योजनामा छ। हामी सककार्य गर्न तयार छौ।’

यस्तै कार्यक्रममा गण्डकी प्रदेशका समामाजिक विकास मन्त्रि नरदेबी पुनले स्वरोजगार कार्यक्रम मार्फत प्रदेशका नागरिकको जीवनस्तर उकास्ने विशेष कार्ययोजना ल्याउन लागेको जानकारी दिइन् । उनले भनिन्, ‘महिला सशक्तिकरण्कालागि विशेष कार्यत्रमहरु संचालन गर्छौ। हामी महिलालाई अगाडि बढाउँछौ हातेमालो र सँगै मिलेर।’

गण्डकी प्रदेशका सांसद राजीव पहारीले महिला विकासको विषयमा अझै पनि थुप्रै बाधाव्यवधान रहेको जनाउँदै अधिकार र उपलब्ध स्रोत साधनका विच तालमेल नहुँदा समस्या आएको बताए। पोखरालेखनाथ महानगरपालिका मेयर मान बहादुर जिसिले हरेक तहमा महिलाको नेतृत्वदायि र निर्णायक भूमिकाका लागि महानगरपालिकाले पहल गरिरहेको बताए।

संचारिका समूह नेपालकी केन्द्रिय अध्यक्ष निर्मला शर्माले महिलाको नेतृत्वमा गठन भएका न्यायिक समितिले अझैसम्प उपयुक्त स्रोत साधन नपाएको भन्दै महिला जनप्रतिनिधि नेतृहरुलाइ स्वतन्त्र अस्तित्व दिन प्रदेश सरकार अग्रसर हुनुपर्ने बताइन्।

कार्यक्रममा पोखरालेखनाथ महानगरपालिका की उपमेयर मन्जु गुरुङ, नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले महिलाको अर्थपूर्ण सहभागिताका लागि उपयुक्त स्रोतसाधन हुनुपर्ने बताए।

सो अभिमुखिकरणमा गण्डकी प्रदेशका ११ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी नगरपालिका, गाउँपालिका, तथा वडाका मेयर, उपमेयर, उपाध्यक्ष तथा अध्यक्ष महिलाको सहभागिता रहेको छ।

साउन २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्