विश्व आदिवासी जनजाति दिवस मनाईँदै

काठमाडौँ – विश्व आदिवासी जनजाति दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा रहेक वर्ष अगस्ट ९ का दिन यो दिवस मनाउने गरिएको छ।

संयुक्त राष्ट्र संघको आदिवासी जनजाति मामिला हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन (सन् १९८२ को अगस्ट ९) को दिनलाई नै आधार मानेर विश्व आदिवासी दिवसको रुपमा मनाउन थालिएको हो ।

सन् १९९४ को डिसेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभाले निर्णय गरेअनुसार सन् १९९५ देखि यो दिवस मनाउने गरिएको छ । नेपालमा विभिन्न आदिवासी जनजाति संगठनहरुले आदिवासी दिवसको सन्दर्भमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

सय वर्ष पुरानायो वर्षको दिवसमा आदिवासी जनजातिका बसाईँसराईमा केन्द्रित गरिएको छ । जलवायुमा भएको परिवर्तन तथा राजनीतिक कारण अनि राम्रो भविष्यको खोजीमा आदिवासी जनजातिहरु आफ्नो थातथलो छोडेर बसाईँ सर्ने क्रम बढेको छ । यसले गर्दा उनीहरुका परम्परागत कला, सीप तथा संस्कृति जोखिममा परेका छन् ।

यस्तै धेरै आदिवासी जनजाति समुदायले आफू आधारभूत तथा राजनीतिक अधिकार पनि पाउन सकेका छैनन् । नेपालमा नयाँ संविधानले आदिवासी जनजाति तथा सीमान्तकृत वर्षको राजनीतिक तथा प्रतिनिधित्वसहितका अधिकार सुनिश्चित गरेको छ । तर कार्यान्वयनमा देखिएको अवरोधका कारण फलदायी भने भएको छैन ।

आदिवासी जनजातिको सम्बन्धमा सन् १९८९ मा भएको पहिलो अन्तर्राष्टिय सन्धि आइएलओ–१६९ को धारा १ को उपधारा १ र २ का अनुसार आदिवासी जनजाति स्वतन्त्र देशका ती जाति हुन् जसको राष्ट्रिय समुदायको भन्दा अलग सामाजिक, सांस्कृतिक तथा आर्थिक अवस्था छ र जसको समाज पूरै वा आंशिक रुपमा आफ्नो परम्परा, रितिरिवाज र विशेष कानुन नियमहरुद्धारा परिचालित छ । नेपालमा पछिल्लो राष्ट्रिय जनगणना अनुसार १०३ भन्दा बढी जातजातिको अस्तित्व छ ।

साउन २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्