सूर्यको नजिकै जाँदैछ पार्कर

अमेरिकी अन्तरिक्ष निकाय, नासाले इतिहासकै एक महत्वकांक्षी अभियानको तयारी गरेको छ । नासाले सूर्यको बाहिरी वायुमण्डलसम्म पुग्ने गरी स्याटेलाइट पठाउँदैछ ।

नासाले शनिबार पार्कर सोलार प्रोब नामको स्याटेलाइट पठाउन लागेको हो । पार्कर सूर्यका बाहिरी वायुमण्डल वा कोरोनासम्म पुग्नेछ । यो स्याटेलाइटले रहस्यको रुपमा रहेका सूर्यका केही विशेषता बारे जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ ।

तीव्र गतिमा निर्माण भएको पार्कर स्याटेलाइटले प्रतिघण्टा ४ लाख ३० हजार माइल दूरी तय गर्न सक्नेछ । अबको सात वर्षभित्र यो सूर्यको बाहिरी क्षेत्रमा पुग्नेछ । सूर्य पृथ्वीबाट ९३ मिलियन माइल पर रहेको छ ।

पार्करले यो सबै दूरी पार गर्ने नभएर सूर्यको निकै नजिक पुग्ने हो । पार्करले १५०० डिग्री सेल्सियससम्मको तापक्रम सहन गर्न सक्छ । पार्करले सोलार विण्डका बारेमा विशेष अध्ययन गर्ने नासाले जनाएको छ ।

साउन २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्