फोटो फिचर

बंगलादेशमा फोटो पत्रकारमाथि भएको ज्यादतीको विरोधमा नेपाली फोटो पत्रकार

फोटो फिचर

काठमाडौँ – बंगलादेशका फोटो पत्रकारमाथि भएको ज्यादतीको विरोधमा नेपालका फोटो पत्रकारले विरोध प्रदर्शन गरेका छन् । काठमाडौँमा रहेको बंगलादेशको दूतावास अगाडि नेपाली फोटो पत्रकारले विरोध प्रदर्शन गरेका हुन् ।

केही दिनअघि बंगलादेशको सत्तारुढ दलको विद्यार्थी संगठनले गरेको विरोध प्रदर्शनको क्रममा केही फोटो पत्रकारमाथि आन्दोलनकारीले आक्रमण गरेका थिए । त्यसको विरोधमा फोटो पत्रकार उत्रिए।

आन्दोलनको क्रममा फोटो पत्रकारको सुरक्षाका विषयमा अन्तर्वार्ता दिने फोटो पत्रकार तथा मानवअधिकारकर्मी शाहिदुल आलमलाई प्रहरीले आइतबार उनकै घरबाट पक्राउ गरेको थियो ।

बंगलादेश सरकारको यो गतिविधि प्रेस स्वतन्त्रतामाथिको आक्रमण रहेको भन्दै नेपाली फोटो पत्रकारले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा पिजे क्लब विकास कार्की, एनएफपिजेका हरि रेग्मी, फोटो सर्कलकी नयनतारा गुरुङ तथा वरिष्ठ फोटो पत्रकार विकास रौनियार र उषा विजुक्छुसहित ५० भन्दा बढी फोटो पत्रकार सहभागी भएका छन् ।