राज्यसभा उपसभापतिमा मोदी गठबन्धनका उम्मेदवारको जित

भारतको माथिल्लो सदन राज्यसभाको उपसभापतिमा सत्तारुढ दल भारतीय जनता पार्टी, भाजपासहितको गठबन्धन एनडिएका उम्मेदवार विजयी भएका छन् ।

राज्यसभाको उपसभापतिका लागि बिहीबार भएको चुनावमा जनता दल युनाइटेडका सांसद हरिवंश विजयी भएका हुन् । उनले कांग्रेससहितको विपक्षी गडबन्धनका बिके हरिप्रसादलाई पराजित गरेका हुन् ।

हरिवंशले १२५ तथा बिके हरिप्रसादले १०५ मत पाए । प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यसभाको उपसाभापतिमा निर्वाचित भएकोमा हरिवंशलाई बधाई दिएका छन् । राज्यसभाका सांसद पिजे कुरियन रिटायर भएपछि उपसभापति पद खाली भएको थियो ।

यो पद गएको जुनदेखि खाली थियो । कुरियन केरलबाट कांग्रेसको टिकटमा राज्यसभा सांसद बनेका थिए । अहिले उपसभापतिमा निर्वाचित भएका हरिवंशलाई सन् २०१४ मा जेडियुले बिहारबाट राज्यसभामा पठाएको हो ।

साउन २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्