परीक्षण भयो जनकपुर-जयनगर रेल सेवा

जनकपुरधाम-नेपाल र भारत जोड्ने एक मात्र रेलवे मार्ग जयनगर-जनकपुर रेल सेवाको सफल परीक्षण गरिएको छ।

भारको विहार राज्य जयनगरबाट नेपालको जनकपुरधाम हुँदै कुर्थासम्मको ब्रोडगेज रेलवे निर्माण कार्य अन्तिम चरणमा पुगेपछि बुधबार रेल सेवाको परीक्षण गरिएको हो।

जयनगरदेखि खजुरीसम्म ८.५ किलोमिटरको दुरीमा ५३ वटा बोगी लिएर सफल परीक्षण गरिएको नेपाल रेल-वे का साइट इन्जिनियर विनोद ओझा जानकारी दिएका छन्। अब नेपालकै बोगीले रेल–वे निर्माणको क्रममा चाहिने आवश्यक समाग्री भारतबाट ल्याउन सकिने उनले बताएका छन्।

अक्टोबर २०१८ सम्म रेलसेवा सञ्चालनको योजना छ।सन् २०१४ मा थालिएको ५१ किलोमिटर लामो लिक पहिलेभन्दा ठूलो (ब्रोडगेज) रहेको छ।
दोस्रो चरणमा बनाउने तयारी गरिएको बिजुलपुरादेखि बर्दिवाससम्मको १८ किमी लामो नयाँ खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ।

यस खण्डमा अधिग्रहण गर्नुपर्ने जग्गा पहिचान गरेर रेल विभागले सार्वजनिक गरे पनि रकमको अभावमा थप काम रोकिएको छ। बिजुलपुराबाट सुरु हुने यो खण्डमा जग्गा अधिग्रहणका लागि झण्डै रु तीन अर्ब चाहिने अनुमान छ।

साउन २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्