साउदीमा ज्यान गुमाउने १८ जनाको ब्लडमनी आयो (नामावलीसहित)

काठमाडौँ– साउदीमा ज्यान गुमाएका १८ जना नेपाली कामदारका परिवारले पाउने ब्लडमनी वापतको रकम दूतावासले पठाएको छ । सडक दुर्घटनामा ज्यान गुमाएका नेपालीको पक्षमा अदालतले ब्लडमनीको फैसला गरेपछि दूतावासले १८ जनाका परिवारले पाउने रकम परराष्ट्र मन्त्रालयको खातामा जम्मा गरिदिएको हो ।

गत आर्थिक वर्षमा साउदीमा ४१ जना मृतकको ब्लडमनी सम्बन्धी मुद्दा अदालति प्रक्रिया मार्फत टुंगिएको दूतावासले जनाएको छ । यस मध्य १८ जनाको रकम पठाइसकेको र २३ जनाको फैसला अनुसारको रकम अशुल्ने प्रक्रियामा रहेको जनाइएको छ ।

यस्तै दूतावासले अन्य ५० जनाको मुद्दा पनि अदालतमा चलिरहेको जनाएको छ । यस्तै अरु मुद्दापनि अध्ययनको क्रममा रहेको र प्रक्रिया पु¥याएर अदालतमा दर्ता गरिने दूतावासले विज्ञाप्ती मार्फत जानकारी गराएको छ । यस्तै बीमा रकमका लागि पनि सम्बन्धित कार्यालयहरुमा बुझ्ने काम दूतावासले गरिरहेको छ ।

ब्लडमनी पठाइएका परिवारले पाउने रक मभने फरक फरक छ । साउदीको कानून अनुसार मृतकको धर्मिक आस्था र घटनामा मृतकको गल्तीका आधारमा हुने भएकाले फरक फरक मात्रामा रकम फैसाला भएको दूतावासले प्रश्ट पारेको छ ।

ग्त आर्थिक वर्ष २०७४÷०७५ मा क्षतिपूर्ति रकम वापत २४९ जना मृतकका परिवारले पाउने रकम पठाइसकेको थियो । यसरी पठाइएको रकम ११ करोड ४३ लाख ३७ हजार ८ सय ४३ रुपैयाँ रहेको थियो ।

दूतावासले ब्लडमनी पठाएका १८ जना यी हुन्

साउन २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू