धनुषामा लुटेराले गोली चलाए, एकजना घाइते

धनुषा- धनुषामा स्थानीय बासिन्दामाथि लुटेराको समुहले गोली चलाएको छ । लुटेराको गोली लागेर मिथिला नगरपालिका ८ जम्मुनिवास चोकका ३८ वर्षीय पुष्पलाल श्रेष्ठ घाइते भएका छन् ।

गएराति आएका लुटेराले श्रेष्ठको घरबाट साढे ६ तोला सुन, १५ तोला चाँदी र २ लाख ५० नगद पनि लुटेर लगेका छन् ।

श्रेष्ठले प्रतिक्रार गर्न खोज्दा लुटेराले गोली चलाएका हुन् । उनको कम्मरमुनि दुईवटा गोली लागेको प्रहरीले जनाएको छ ।

श्रेष्ठको जनकपुर अञ्चल अस्पातलमा उपचार हुन नसकेपछि काठमाडौँ ल्याइदैछ । लुटेराको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

साउन २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्